साउदी राजाका कान्छा भाइसहित तीनजना पक्राउ

एजेन्सी

काठमाडौं

साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेमा राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ रहेका छन्। 

राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्नका लागि युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको बताइएको छ। कालो लुगका लगाएका तथा अनुहारमा मास्क लगाएका व्यक्तिहरुले शुक्रबार बिहानै उनीहरुलाई पक्राउ गरेको तथा उनीहरुको घरमा खानतलासी गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ।

सलमान  सुधारवादी देखिएका छन्। उनको सो ‘इमेज’ का लागि विश्वव्यापी प्रशंसा भयो, उनले महिलाहरुलाई चालक अनुमति दिनेसहितका निर्णय गरेका थिए ।

सन् २०१६ मा साउदी अरेबिया राजा सलमानले उनलाई युवराज घोषित गरेपछि सत्ताको वास्तविक नियन्त्रण उनमा सरेको छ। उनले प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफलाई उनले नियन्त्रणमा लिएर बेपत्ता नै बनाएका थिए। 

सन् २०१७ मा साउदी राजपरिवारका धेरै सदस्यहरु, मन्त्री तथा व्यवसायीहरुलाई रियादको सुविधा सम्पन्न होटलमा बन्धक बनाइएको थियो।

साउदीको राजनीतिमा षड्यन्त्र र जालझेल चुलिएका बेला थप ३ व्यक्ति पक्राउ परेपछि चासाेका साथ हेरिएकाे छ।

प्रकाशित मिति: : 2020-03-07 21:13:32

प्रतिकृया दिनुहोस्