विभागीय टिम पुलिस आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई टाईब्रेकरमा ४–२ गेलले हराउँदै पुलिस सेमिफाइनलमा पुगेको हो।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। तर अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरमा गरिएको हो।
अतिरिक्त समयमा पुलिसका कप्तान भोला सिलवाल रातो कार्ड खादै मैदान बाहिरिएपछि विभागीय टिम १० खेलाडीमा सिमित बनेको थियो।
त्यसअघि, खेलको ७५ औं मिनेटमा भरत साहको गोलमार्फत पुलिसले खेलमा अग्रता लिएको थियो।
साहराका अजय श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।