अमेरिकामा अझै आएन 'सुपर टुज्डे'को औपचारिक परिणाम

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा डेमोक्रेटक पार्टीको राष्ट्रपति उम्मेद्वारको लागि  मार्च ३ मा सम्पन्न 'सुपर टुज्डे'को आधिकारिक परिणाम अझै पनि सार्वजनिक भएको छैन। तर, प्रक्षेपित परिणामअनुसार अभूतपूर्व पुनरागमन गर्दै पूर्वउपराष्ट्रपति जो बाइडन अग्रस्थानमा फर्किएका छन्। 

उनी ६१० डेलिगेट्सका साथ पहिलो स्थानमा छन्। सुपर टुज्डेअघि अग्रस्थानमा रहेका बर्नी स्याण्डर्स ५३८ डेलिगेट्सका साथ दोस्रो स्थानमा झरेका छन्।उनीहरूसँगै २ डेलिगेट्स जितेकी कंग्रेसवुमन तुल्सी गवार्ड पनि प्रतिस्पर्धामै छिन्। तर, ४४ डेलिगेट्स जितेकी एलिजावेथ वारेन र २४ स्थान जितेका माइकल ब्लुमबर्गले भने सुपर टुज्डेपछि उम्मेद्वारी स्थगित गरेकी छिन्।सुपर टुज्डेपअघि नै २६ डेलिगेट्स जितेका पिट बटिजज र ७ स्थान जितेकी एमी क्लोबचरले भने उम्मेद्वारी त्याग्दै जो बाइडनको समर्थन गरेका थिए। 

अब डेमोक्रेटिक पार्टीको उम्मेद्वारी निर्णय सन् २०१६ मा जस्तै सुपर डेलिगेट्सकै हातमा पुगेजस्तो छ। आगामी जुलाई १३ देखि १६ सम्म विस्कन्सिन राज्यको मिल्वाकीमा आयोजना हुने डेमोक्रेटिक नेशनल कन्भेन्सनमा सहभागी सुपर डेलिगेट्स  नै निर्णायक हुनेछन् । त्यो निर्णय भने  २०१६ को रीति दोहोरिदै बर्नीको विपक्षमा जाने लगभग निश्चित छ।

डेमोक्रेटिक पार्टीमा उम्मेद्वारी जित्नका लागि पहिलो चरणमा १९९१ डेलिगेट्स चाहिन्छ। सुरूवाती दौडमा २५ उम्मेदवारको भीड रहेको र ७ जनाले त केही डेलिगेट्स नै जितेको हुनाले अब त्यो जादुगरी संख्या कसैको पनि पक्षमा पुग्ने सम्भावना लगभग सकिएको छ।

अब डेमोक्रेटिक पार्टीको उम्मेद्वारी निर्णय चाँहि सन् २०१६ मा जस्तै सुपर डेलिगेट्सकै हातमा पुगेजस्तो छ। आगामी जुलाई १३ देखि १६ सम्म विस्कन्सिन राज्यको मिल्वाकीमा डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन हुदैछ। त्यही कन्भेन्सनमा सहभागी सुपर डेलिगेट्सले उम्मेद्वारी निर्णय गर्नेछन्।

प्रकाशित मिति: : 2020-03-08 14:38:07

प्रतिकृया दिनुहोस्