भक्तपुर होलीको भ्रम : 'लिंग भीमसेनको होइन, बलात्कारीको हो'

ईश्वरकाजी खाइजू

होली सुरु भएपछि भक्तपुरको एउटा भ्रमपूर्ण कथालाई दोहोर्‍याइन्छ, तेहेर्‍याइन्छ। अहिले भक्तपुरमा होलीको यस भ्रमले व्यापकता पाउँदै आएको छ। भ्रममै सबै रमाइरहेका छन्, सन्तुष्टि लिइरहेका छन् र सञ्चारमाध्यम पनि यसै कथाले भरिएका छन्।

होली सुरु हुनु सातदिन अघिदेखि पूर्णिमासम्म भक्तपुर-९ दत्तात्रयस्थित भीमसेनको मन्दिरमा पुरुषको लिंग आकारको काठ झून्ड्याइन्छ। जसलाई आजभोलि भीमसेनको यौन अंग भनेर अत्यधिक प्रचार गरिएको छ।

त्यही काठको लिंग छोप्न रातो कपडा पनि राखिन्छ। रातो कपडामा उक्त काठ छिर्ने गरी प्वाल पारिएको छ। जसलाई पछिल्लो समय द्रोपतीको यौन अंग नामाकरण गरिएको छ। जुन तोडमोड गरिएको मनगढन्ते कथामात्रै भएको संस्कृतिविद्हरू बताउँछन्।

प्रकाशित मिति: : 2020-03-09 05:37:03

प्रतिकृया दिनुहोस्