बजारमा माग बढ्दा बन्द गर्नु परेको मास्क उद्योगको व्यथा

अनलाइनखबर

काठमाडौं

गर्मी मौसम आउन लाग्दा बजारमा पठाउने सर्जिकल मास्कको स्टक सकिँदै थियो ।

त्यसैले सुन्दरीजलमा त्रिन्हुस उद्योग चलाइरहेका शैलेस श्रेष्ठ मास्क बनाउन चाहिने कच्चा पदार्थ चीनबाट अलि धेरै मगाउने तयारीमा थिए । उनको सामान मगाउन नपाउँदै चीनमा कोरोना भाइरसको सं‌क्रमण फैलियो ।

त्यसपछि त रातारात परिस्थिति यसरी बदलियो कि चीनबाट न कच्चा पदार्थ आयो न तयारी मास्क । नेपाली बजारमा सर्जिकल मात्र होइन, सामान्य मास्कको पनि अभाव चर्कियो ।  मास्कको मूल्य ४०० प्रतिशतसम्म बढ्यो ।

यस्तो अवस्थामा श्रेष्ठले मास्क उद्योग बन्द गरेर बस्नु परेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनमा नै मास्कको अभाव भएको छ भने भारतले तयारी मास्क निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसैले नेपालमा आवश्यक मास्कका लागि स्वदेशी उत्पादनमा भर पर्नुपर्ने अवस्था आएको छ ।

 

प्रकाशित मिति: : 2020-03-09 05:56:08

प्रतिकृया दिनुहोस्