मुख्‍यमन्त्री राउतलाई दिइयाे महामुर्खकाे उपाधि

बिमला गुप्ता

जनकपुरधाम

यस वर्षको महामुर्खको उपाधि प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई दिइएको छ।

मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो। उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ। होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ।

मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ।

यस्तै दुई दिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन भभकौवाको उपाधि प्रदेशसभा सदस्य परमेश्वर साह, पटमुर्खको उपधी प्रदेशसभा सदस्य मनिष सुमन, हराशंकरको उपाधी प्रदेशसभा सदस्य राम आशिष यादव, विलौर शंकरको उपाधी प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पाएका छन्।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाकि उप प्रमुख रिता कुमारी मिश्र, साहित्यकार रोशन जनकपुरी बलगोभना, बृहतर जनकपुरका कार्यकारी निर्देशक बलराम मिश्र खेसारीलालको उपाधी पाए।

यता महोत्तरीको पिपरा गाँउपालिकाका अध्यक्ष विक्रम चौधरी, प्रधानाध्यापक बलराम साह बज्रकिट, साहित्यकार पुनम झा मैथिल अदल बदली, मैथिली विकासकोषका अध्यक्ष जिवनाथ चौधरी घरघुसना, पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लोढा संकर र युवा अभियन्ता सुशील कर्ण वंस कुरहरका उपाधी पाए।

 

प्रकाशित मिति: : 2020-03-10 08:50:00

प्रतिकृया दिनुहोस्