नेतृत्वको शक्ति संघर्ष : खोइ ‘कमाण्डर’ ?

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले १८ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रहेको एक कार्यक्रममा भनेका थिए, ‘राप्रपा नामका पार्टीहरूले नेकपाका अहिलेका नेताबाट जतिसुकै झगडा गरे पनि अन्ततः जुट्न सक्ने कला सिक्नु आवश्यक छ।’

लोहनीले यो भनाइ यस्तो बेला सार्वजनिक गरेका थिए- नेकपाभित्र राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एउटा कोटामा कसलाई पठाउने भन्नेमा तीव्र मतभेद चलिरहेको थियो।

नेकपाभित्र यो विवाद टुंगिएको छैन। नेता र कार्यकर्तामा धुव्रीकरण बढाएको छ। यही विवादतर्फ इंगित गर्दै डा. लोहनीले भरतमोहन अधिकारी स्मृति दिवसको उक्त कार्यक्रममा कम्युनिस्ट नेता केपी ओली, प्रचण्ड र माधव नेपालबाट पार्टीभित्र आइपर्ने ‘टाकनटुकन’ विवादको हल खोज्न सक्ने कला अन्य पार्टी नेताले सिक्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2020-03-11 11:01:02

प्रतिकृया दिनुहोस्