साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियाे

एजेन्सी

काठमाडाै‌ं

साविक विजेता तथा इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ।

अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुँदै समग्रमा ४-२ को हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो।

एनफिल्डमा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिभरपुलले लिएको थियो।

खेलको ४३ औं मिनेटमा जर्जियानो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ९० मिनेट समग्रमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको चौंथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए।

तर, ९७ औं मिनेटमा एट्लेटिकोका मार्कोस लोरेन्टले गोल गर्दै खेल २-१ मा ल्याए। १०५ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिकोले खेल २-२ को बराबरी गर्न सफल भयो।

त्यसपछि खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए।

जितसँगै एट्लेटिकोले भने च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ।

 

प्रकाशित मिति: : 2020-03-12 19:29:05

प्रतिकृया दिनुहोस्