घर खोस्यो दैवले, रात काट्नु कसरी ?

सुमन ढुंगाना

आइतवार साँझ आएको हुरीले बाराको फेटा गाउँपालिका पुरानियामा ठुलो क्षति पुर्‍याएको छ। केबल दुई मिनेट भित्रमा फेटा गाउँपालिकासहितका कयौँ बस्ती उजाड भएको छ। हुरीमा परेर बारामा मात्रै कम्तिमा २७ जनाले ज्यान गुमाएका छन्। घाइतेको संख्या ५ सय भन्दा धेरै छ। फेटा गाउँपालिकाले मात्रै हुरीमा १७ जनालाई गुमाएको छ।

यहाँ कयौँ घरको चिनो मेटिएको छ। घर भत्किएपछि स्थानीयको बास खुला आकाशमुनि भएको छ। यो गाउँपालिकाको वडा नम्बर ३ र १ मा डोजरले घरको भग्नवोशष पन्छाएर शव खोजिएको छ।

हुरीको चपेटमा परेको यो गाउँमा केही चिउरा र चिनी आइपुगेको छ। केही व्यक्तिले लिएर आएको राहत यहाँ बाँडिएको छ। तर त्रिपाल अभावमा यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म खुला आकाशमुनि रात बिताउन बाध्य छन्।

प्रकाशित मिति: : 2019-04-01 22:53:06

प्रतिकृया दिनुहोस्