कलाकारहरूको 'चिया अड्डा'

चिया अड्डाका सञ्चालकहरू दीपाश्री निरौला, दीपकराज गिरी, वर्षा राउत र संजोग कोइराला। तस्बिरः उमेश कार्की

बानेश्वरको व्यस्त सडक, गाडीहरूको घन्चमन्च र मान्छेको भिडभाड। यी सबैबाट पन्छिएर केही बेर आनन्दले खाजा खान र एक कप चिया पिउन पनि पैसा राम्रै खर्चिन तयार हुनुपर्छ।

यही समस्या देखेर निर्माता तथा नायक संजोग कोइरालाले एक वर्षअघि 'चिया अड्डा' सञ्चालनमा ल्याएका छन्।

संजोगले कलाकारहरू वर्षा राउत, दिपाश्री निरौला र दीपकराज गिरीको सहकार्यमा चिया अड्डा सुरू गरेका हुन्। यहाँको कामकाज भने विशेषगरी संजोगले सम्हाल्छन्।

बानेश्वर चोकबाट शंखमुल जाने बाटो अघि बढ्दा बायाँतिर पर्छ, चिया अड्डा।

प्रकाशित मिति: : 2020-03-13 20:43:21

प्रतिकृया दिनुहोस्