कोरोनाका कारण अष्ट्रेलिया र न्युजिल्याण्डबीचको एकदिवसीय सिरिज रद्व

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरसका कारण अष्ट्रेलिया र न्युजिल्याण्डबीचको एकदिवसीय सिरिज रद्व भएको छ।

अष्ट्रेलियामा सुरु भएको एकदिवसीय सिरिजसँगै न्युजिल्याण्डबिरुद्व हुने तीन म्याचको टी–ट्वान्टी ईन्टेरनेश्नल सिरिज समेत रद्व भएको छ।

शनिबार बिहान न्युजिल्याण्डको सरकारले सिमा प्रतिबन्ध कडा गरेको छ। र अष्ट्रेलियाबाट आफ्नो देश फर्कनेले १४ दिन क्वारेण्टाइनमा रहनुपर्नेछ। प्रतिबन्ध आइतबार मध्यरातबाट सुरु हुने बताईएको छ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीच सुरु तीन एकदिवसीय सिरिजको पहिलो खेल शुक्रबार सिड्नी क्रिकेट मैदानमा दर्शकबिनै खाली रंगशालामा सुरु गरिएको थियो। सो खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७१ रनले हराएको थियो।

यस्तै ईङ्ल्याण्ड र वेल्स क्रिकेट बार्ड (ईसीबी)ले समेत कोरोना भाईरसको कारण श्रीलंका भ्रमण रद्व गरेको छ। ईङ्ल्याण्डले श्रीलंकामा चार एक दिवसीय खेल खेल्ने तय भएको थियो।

प्रकाशित मिति: : 2020-03-15 04:46:21

प्रतिकृया दिनुहोस्