भारतीय क्रिकेट बाेर्डकाे कार्यालय अनिश्चितकालका लागि बन्द

एजेन्सी

काठमाडाै‌ं

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

विश्वभरि फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को प्रकोप बढ्दै गएपछि मुम्बईमा रहेको बीसीसीआईले सबै कर्मचारीलाई मंगलबारदेखि अनिश्चितकालका लागि छुट्टी दिएको हो। उसले सबै कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै सूत्रले भन्यो, ‘बीसीसीआईका कर्मचारीहरुलाई वानखडे स्टेडियममा रहेको बोर्ड का मुख्य कार्यालय कोभिड–१९ को महामारीका कारण बन्द रहने जानकारी दिइएको छ। सबै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ।’ 

बीसीसीआईले कोरोनाको प्रकोपका कारण आईपीएल र घरेलु क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ। 

प्रकाशित मिति: : 2020-03-17 20:29:57

प्रतिकृया दिनुहोस्