चर्चित ओरियन्टल सहकारी ठगी प्रकरणमा सुधिर बस्नेत पक्राउ

देशसञ्चार

ओरियन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर,काठमाडौंको टोलीले बस्नेतलाई बुधबार भीमसेन गोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगिको आरोप छ।

२०५३ साल चैत ४ मा स्थापना भएको ओरियन्टल सहकारीले १२ हजारभन्दा बढी सदस्यको ६ अर्बभन्दा बढी रकम ठगेको आरोप छ। ओरियन्टल सहकारी २०७० सालदेखि बन्द छ । सरकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2019-04-04 00:42:40

प्रतिकृया दिनुहोस्