पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइलन खेल स्थगित

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तान सुपर लिगको सेमिफाइनल र फाइलन खेल स्थगित भएको छ। अहिले विश्वभर अन्य खेलकुद प्रतियोगिता स्थगित भइरहेको समयमा पाकिस्तान प्रिमियर लिगमात्र स्थगित भएको थिएन।

पीएसएलको आधिकारिक ट्वीटरबाट मंगलबार हुने भनिएको दुई सेमिफाइनल र बुधबार हुने फाइनल खेल स्थगित गरिएको जानकारी दिइएको छ।

सेमिफाइनलका खेल (मुल्तान सुल्तानविरुद्ध पेशावर जाल्मी तथा कराँची किंग्सविरुद्ध लाहोर क्वालान्डर्सबीचको) र फाइनल खेल अर्को मितिमा गरिने जानकारी दिइएको छ।

आयोजकको यो निर्णय सबैजसो फ्रेन्चाइज क्लबले स्वीकार गरेका छन्। कराँची किंग्सका मालिक सलमान इकवालले दुई दिनअघि नै प्रतियोगिता रोक्न माग गरेको बताए।

 

प्रकाशित मिति: : 2020-03-18 04:08:05

प्रतिकृया दिनुहोस्