के गर्दैछन् 'लक्ड' बार्सिलोनाका नेपाली ?

नेपालन्यूज

काठमाडौं

कर्मचारी अतालिए, रेस्टुरेन्ट बन्द भएपछि घरघर जान थाले। केही सातादेखि फैलिएको कोभिड–१९ ले त्यति बेलासम्म स्पेनमा आतंक फैलिसकेको थियो। कुरा गत शुक्रबारको हो। म सदाझैं रेस्टुरेन्टमा ‘ड्युटी’ गरिरहेको थिएँ। मैले काम गर्ने रेस्टुरेन्ट बार्सिलोनाको मुख्य टाउनमै पर्छ।

अचानक अपराह्न साढे चार बजे रेस्टुरेन्ट बन्दको सूचना आयो। अचानक यस्तो सूचना आउँदा त्यहाँ कार्यरत कर्मचारी आतिए पनि। सूचनामा लेखिएको थियो– कोरोना भाइरस संक्रमण (कोभिड–१९) को संक्रमणका कारण रेस्टुरेन्ट बन्द गरिएको छ।

कर्मचारी अतालिए, रेस्टुरेन्ट बन्द भएपछि घरघर जान थाले। केही सातादेखि फैलिएको कोभिड–१९ ले त्यति बेलासम्म स्पेनमा आतंक फैलिसकेको थियो।

अचानक डिपार्टमेन्ट स्टोरमा मानिसको भीड जम्मा हुन थाल्यो। आखिर, आपत पर्दा जहाँका मानिसलाई पनि उस्तै हुँदो रहेछ भन्ने लाग्यो मलाई। नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि भारतले नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थ लिन जसरी मानिस लाइन बस्थे, त्यसरी खाद्य पदार्थ किन्न यहाँका मानिस लामो लाइन बसेका थिए।

प्रकाशित मिति: : 2020-03-19 02:21:56

प्रतिकृया दिनुहोस्