उद्योग वाणिज्य महासंघको चुनाव जेठ ७ र ८ गतेका लागि सर्‍याे

 नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि चुनाव स्थगित गरिएको हो। 

महासंघको स्थायी समितिको बिहीबार बसेको बैठकले चैत २८ र २९ गतेका लागि तोकिएको वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित गर्ने निर्णय छ।

महासंघका एक पदाधिकारीका अनुसार वार्षिक साधारण सभा र निर्वाचन आगामी जेठ ७ र ८ गतेका लागि तोकिएको छ।

सरकारले यसअघि २५ जनाभन्दा बढी मानिसहरु समूहमा भेला नहुन, सभा सम्मेलन नगर्नका लागि निर्देशन दिइसकेको छ। साथै बुधबार सरकारले एसईई, विश्वविद्यालयका सम्पूर्ण परीक्षा तथा लोकसेवा आयोगका सबै परीक्षा समेत स्थगित गरिसकेको छ।

प्रकाशित मिति: : 2020-03-20 05:33:03

प्रतिकृया दिनुहोस्