लिम्बो’मा आना शर्मा पक्‍का

चलचित्र ‘लिम्बो’मा नायिका आना शर्मा पक्‍का भएकी छिन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रमा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन्।

अर्पण थापाको निर्देशनमा बन्न लागेको चलचित्रमा अन्य कलाकारको छनोट हुन बाँकी रहेको छ।

अनमोल केसीसँग डेब्यु चलचित्र ‘जेरी’मा स्कृन सेयर गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेकी आनाको चलचित्र यात्रा सुखद बनेको छैन।

आना अभिनित ‘ग्याङ्ग स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायत बक्स अफिसमा असफल भएका थिए। 

प्रकाशित मिति: : 2020-03-22 02:26:56

प्रतिकृया दिनुहोस्