के गर्दैछन्, लिओनल मेसी ‘सेल्फ आइसोलेसन’ मा? (भिडियाेसहित)

एजेन्सी

बार्सिलाेना

कोरोना भाइरसका कारण फुटबल संकटमा देखिए पनि बार्सिलोनाका स्टार लिओनल मेसी यसलाई अवसरको रूपमा बदल्ने तयारीमा छन्। त्यसैले उनी ‘सेल्फ आइसोलेसन’ मा बस्दा पनि आफ्नो नियमित अभ्यासलाई निरन्तर राखेका छन्। 

चोटका कारण पहिलो जस्तो जादुई खेल खेल्न नसकेको आलोचनाका बीच उनलाई पूर्ण फिट हुने अवसर पनि हो। उनी घरमै बसेर कडा अभ्यास गरिरहेका छन्। 

मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अभ्यासमा पनि उत्तिकै समय खर्चिने खेलाडीको रूपमा परिचित छन्। 

गत बिहीबारदेखि ला लिगाका सबै खेल स्थगित गरिएको छ। यस्तै, बार्सिलोनाले पनि यसको भोलि पल्टै आफ्नो सबै अभ्यास कार्यक्रम रद्ध गरेको थियो। बार्सिलोनाले आफ्नो खेलाडीलाई ‘आइसोलेसन’ मा पनि विशेष अभ्यासको तालिका बनाएको छ। मेसी पनि यो तालिका ‘फलो’ गरिरहेका छन्। 

उनले आफ्नो शुभचिन्तकका लागि गत साता एउटा भिडियो पोस्ट गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिन सजकता र संयमता अपनाउन अनुरोध गरेका थिए। 

भर्खरै ओटारोले सार्वजनिक गरेको भिडियोमा अर्जेन्टिनी स्ट्राइकर आफ्नो जिम हलमा अभ्यास गरिरहेको देखिएका छन्।

उनले घरमा भएको जिममा पेट र खुट्टाको अभ्यास गरेका छन्। उनी ट्रेडमिलमा दौडिएको र तौल उठाइरहेको देखा परेका थिए। जिम हलमा उनका छोरा कायरो खेलिरहेको पनि देखिएका थिए। उनले हालै घरमा ‘ट्वाइलेट पेपर’ लाई खुट्टाले हान्ने प्रतिस्पर्धा गरेका थिए। जसलाई उनले बीस पल्ट हानेका थिए। उनकाे याे प्रतिस्पर्धामा टिमका अन्य सदस्यले पनि भाग लिएका छन्। 

 

पछिल्लाे समय उनले पाेस्ट गरेकाे भिडियाेमा झुस्स दाह्री देखिएकाे छ।  

प्रकाशित मिति: : 2020-03-24 03:19:25

प्रतिकृया दिनुहोस्