सम्पूर्ण प्रदेशवासी होम क्वारेन्टाइनमा बस्नु: मुख्यमन्त्रि राउत

प्रदेश २ सरकारले सम्पूर्ण प्रदेशवासीलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी पछि प्रदेश सरकारले उक्त आग्रह गरेको हो।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले गत सातानै प्रत्येक जिल्लाका  बिपत व्यबस्थापन समितिमा ५० र ५० लाख रुपैया उपलब्ध गराई नियन्त्रणको पहल शुरु गरि सकेको समेत जानकारी गराएका छन् । 

विश्वका १९२ भन्दा बढी मुलुकमा महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणले १५ हजार भन्दा बढीले ज्यान समेत गुमाइसकेको जानकारी गराउदै उनले विज्ञप्ति मार्फत नेपालमा पनि यसको संक्रमण देखी सकेकाले सम्पूर्ण प्रदेशवासीलाई आ–आफनो तहबाट सतर्क रहन पहल गरेका छन् ।

कोरोना माहामारी रोक्ने एक मात्र उपाय प्रत्येक नागरिकलाई एकअर्काबाट टाढा रही सम्पूर्ण प्रदेशवासीलाई सेल्फ क्वारेन्टाइनमा बसेर सरकारको कदमलाई सहयोग गर्न विज्ञप्ति मार्फत उनले अपिल गरेका छन् । साथै यस महासंकटको घडीमा एक अर्कालाई हौसला प्रदान गर्दै आ–आफनो घर बाटै कोरोनाको महामारी विरुद्ध लड्नुपर्ने  आवश्यक रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: : 2020-03-24 08:47:16

प्रतिकृया दिनुहोस्