अमेरिकी सिनेटमा पारित भएन विधेयक: अन्यौलमा १२०० को 'राहत चेक'

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी सिनेटमा कोराना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकी करदातालाई १२ सय डलरको राहत चेक प्रदान गर्ने विधेयक दोस्रोपटक पनि पारित हुनबाट विफल भएको छ।

सिनेटमा बहुमतका नेता मिच म्याक्कोनेलले ल्याएको यो प्रस्तावमाथि सोमबार दोस्रोपटक मतदान हुँदा पक्षमा ४९ र विपक्षमा ४६ मत परेको छ। प्रस्तावको पक्षमा सबै रिपब्लिकन सिनेटरले मतदान गरे भने विपक्षमा ४६ डेमोक्रेटले मतदान गरे। अलाबामाका डेमोक्रेटिक सिनेटर डग जोन्सले प्रस्तावको पक्षमा मतदान गरे। 

यसअघि आइतबार भएको पहिलो मतदानमा पक्ष र विपक्षमा ४७-४७ मत परेको थियो। डेमोक्रेट सिनेटर जोन्सले पनि पहिलोपटक मतदान गर्दा विपक्षमै मतदान गरेका थिए ।

सिनेटमा ५३ रिपब्लिकन, ४५ डेमोक्रेट र २ जना प्रायश: डेमोेक्रेटलाई सघाउने दुईजना इन्डिपेन्डेन्ट सिनेटर रहेका छन्। 

विधेयकमा कर्पोरेटको स्वार्थ हाबी भएको भनेर डेमोक्रेट सिनेटर प्रस्तावको पक्षमा उभिन सकेका छैनन् । यसले गर्दा आम अमेरिकी करदातालाई तत्कालै १२ सयको राहत चेक दिने भनिएको प्रस्ताव सिनेटमै अडि्कएको छ। 

यो विधेयक सिनेटमै उत्पन्न्न भएकोले यो सामान्य बहुमतले पारित हुदैन, यो पारित हुन ६० मत आवश्यक हुन्छ। मौजुदा सिनेटको अंकगिणत हेर्दा कम्तिमा पनि सात डेमोक्रेट सिनेटर प्रस्तावको पक्षमा नउभिएसम्म यो विधेयक पारित हुदैन। 

विधेयकमा कर्पोरेटको स्वार्थ हाबी भएको भनेर डेमोक्रेट सिनेटर प्रस्तावको पक्षमा उभिन सकेका छैनन् । यसले गर्दा आम अमेरिकी करदातालाई तत्कालै १२ सयको राहत चेक दिने भनिएको प्रस्ताव अलमलमा परेको छ। धेरै अमेरिकी संकटको बेला त्यति भए पनि केही राहत हुने थियो भन्ने ठान्छन् । 

डेमोक्रेटले यसलाई अरू अल्झाए त्यस्ता मतदाता भड्किन सक्ने आशंका पनि बढ्दो छ। यसले डेमोक्रेटमाथि विधेयकको पक्षमा उभिन दबाब बढेको छ ।

यसो त सिनेटमा अल्पमतका नेता चक समरले सौदाबाजी जारी रहेको र चाँडै नै सहमतिमा पुग्ने बताएका छन्। 

प्रकाशित मिति: : 2020-03-24 17:18:50

प्रतिकृया दिनुहोस्