भारतबाट गाउँगाउँमा पुगे नेपाली, कोरोनाविरुद्ध लड्न के गर्दैछन् सीमान्त स्थानीय सरकार ?

२ नम्बर प्रदेशसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बिहारमा कोरोना संक्रमित फेला परेपछि त्यहाँको सरकारको उच्च सतर्कता अपनाउँदै लक–डाउन र आवतजावतमा प्रतिबन्धको निर्णय लियो ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालीहरू त्यहाँबाट घर फर्किन थाले । भारतका विभिन्न प्रदेश र शहरबाट नेपालीहरू खुला सीमानामार्फत नेपाल प्रवेश गरेका छन् ।

नेपाल सरकारले सोमवार बिहानदेखि लागू हुने गरी सबै सीमानाका बन्द गरेको छ ।

जसले गर्दा वैधानिक नाकाबाट नेपालीहरू आवतजावत गर्नसक्ने अवस्था छैन तर यसअघि नै धेरै नेपाली भारतबाट गाउँगाउँसम्म पुगिसकेका छन् ।

प्रकाशित मिति: : 2020-03-25 03:46:09

प्रतिकृया दिनुहोस्