अस्ट्रेलियामा नेपाली युवाबीच ग्याङफाइट, एकको मृत्यु, चार पक्राउ

बिएल संवाददाता

सिड्नी, अस्ट्रेलिया

अस्ट्रेलियामा उच्च शिक्षा लिन गएका नेपाली युवाले ग्याङ फाइट गरेर एकजनाको ज्यानै लिएका छन्। 

झट्ट सुन्दा पत्याउन गाह्रो भए पनि यो सत्य हो कि सिड्नीमा नेपाली विद्यार्थीबीच भएको ‘ग्याङफाइट’ मा अमित कार्कीको ज्यान गएको छ।

गत साता एउटा बारमा नेपाली युवाबीच भएको ग्याङफाइटमा कार्की घाइते भएका थिए। उपचारका लागि स्थानीय सेन्ट जर्ज अस्पतालमा भरना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको हो।

कार्की ४ बर्ष अगाडि उच्च शिक्षाका लागि अष्ट्रेलियाको सिड्नी आएका थिए। उनको थातथलो नेपालमा ललितपुर भएको बताइएको छ।

 स्थानीय नेपाली समुदायका एक अभियन्ताले बारमा कार्यरत एक कामदारलाई उदृत गर्दै उनीहरू शु्क्रबार साँंझ बार गएको बताए ।उनका अनुसार शनिबार विहान भैसक्दा पनि  उनीहरू बारबाट बाहिर निस्कने छाँट देखाइरहेकै थिएनन् । 

विहान ३ बजेतिर हानाहान सुरू गरेपछि बाहिर निकालिएका उनीहरू बाहिर निस्केपछि पनि ग्याङफाइटमा उत्रेका थिए। त्यही क्रममा कार्की गम्भीर द्दाइते भएका थिए ।  

स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न चार नेपाली युवा पक्राउ परेका छन्। उनीहरूलाई कोग्रा प्रहरी स्टेशनमा राखिएको छ।

झगडाको कारणबारे अहिलेसम्म स्पष्ट नपारिए पनि एक नेपाली युवतीलाई प्रेम गर्ने कुरामा दुई आशिकीबीच झगडा भएको हुन सक्ने अनुमान गरिएको छ।  

 

प्रकाशित मिति: : 2020-03-25 11:12:46

प्रतिकृया दिनुहोस्