अमेरिकी सिनेटमा राहत विधेयकमा सहमति, मेमा आइपुग्ने भयो १,२०० को चेक

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी सिनेटमा कोराना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकी करदातालाई  दिने भनिएको राहत विधेयकका बारेमा सिनेटमा सहमति भएको छ । लामो सौदाबाजीपछि  डेमोक्रेटहरू रिपब्लिकन स्टिमुलस बिधेयकलाई समर्थन गर्न तयार भएका हुन्।

स्टिमुलस विधेयकमा २५० बिलियन अमेरिकी डलर करदातालाई प्रत्यक्ष रूपमा राहत चेक पठाउने भनिएको छ। जसअन्तर्गत अब हरेक अमेरिकी करदाताले सिंगल ट्याक्स फाइल गरेको भए १२०० र संयुक्त गरेको भए २४०० को स्टिमुलस चेक पाउँने छन्। १७ वर्षभन्दा मुनिका सन्तानसम्मका लागि प्रत्येकलाई ५०० डलरको राहत चेक पठाइने छ। 

के के छन्  राहत प्याकेजमा ? 

 -एक पटकका लागि प्रति  करदाता १२०० डलर र  प्रति  वालवालिका ५०० सय डलरको राहत चेक (  ७५ हजारभन्दा कम वार्षिक आम्दानी भए), ९९ हजारसम्म हुनेलाई पनि दामासाहीले राहत चेक, ९९ हजारभन्दा बढी आम्दानी हुनेले राहत चेक नपाउने व्यवस्था 

- कोरोना भाइरसका कारणले  काम गुमाउनेलाई तलब 

- काम गुमाएकालाई राहत 

- साना ब्यबसाय एबम ब्यबसायीलाई निर्ब्याजी एबम कम ब्याज अबस्था हेरी  सहज ऋण 

-कोरोना भाइरसबाट प्रभावितको नि"शुल्क उपचार

- पे रोल करमा राहत 

यसका लागि सिंगल करदाताको कमाइको सिलिङ ७५ हजार र संयुक्तका लागि एकलाख ५०हजार बनाइएको छ । ७५ हजारदेखि ९९ हजारसम्मको एकल कमाइ भएकाले पनि दामासाहीले स्टिमुलस चेक पाउँछन् तर वार्षिक ९९ हजारभन्दा माथि कमाइ भएकाले भने एक पेनी पनि राहत पाउँने छैनन्।

स्टिमुलस चेक पाउक्ने आधार २०१९ को कर दाखिला गरेको भए त्यसलाई र नगरेको भए २०१८ को कर दाखिलालाई आधार बनाइएको छ।

कर दाखिला गर्ने हैसियत नभएकालाई पनि राहत दिने भनिएको छ तर त्यसको आधारका लागि विस्तृत गहृकार्य गर्न बाँकि नै छ भनिएको छ ।

स्टिमलुस चेक आईआरएसमार्फत् आउने भनिएको छ। तर, यसको हिसावकिताव गर्ने प्रक्रिया लम्बेतान भएकाले मे महिनाको पहिलो सातादेखि मात्र चेक आउन थाल्ने बताइएको छ। 

 

प्रकाशित मिति: : 2020-03-26 11:12:15

प्रतिकृया दिनुहोस्