अब आधा सिलिन्डर ग्यास मात्र पाइने !

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ। मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो।

आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे।

‘अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ। तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ। सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेकले आधा सिलिण्डर गर्ने नीति लिएको हौं,’ उनले भने।

हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ। तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ।

प्रकाशित मिति: : 2020-03-27 01:00:44

प्रतिकृया दिनुहोस्