अमेरिका बन्यो कोरोना भाइरस संक्रमणको रोल नम्बर १

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिका कोरोना भाइरस संक्रमणको इपिसेन्टर भएको छ। बुधबार मात्रै १३,९६७ नयाँ संक्रमित थपिएपछि ८२,१७८ संक्रमित संख्याका साथ अमेरिका विश्व रोल नम्बर १ भएको हो। मृतकको संख्यामा भने अमेरिका अझै रोल नम्बर ६ मै छ। यो समाचार तयार पारिरहेको बेला अमेरिकामा ११७७ को ज्यान गएको छ। 

केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठनले अमेरिका कोरोना भाइरस संक्रमणको इपिसेन्टर हुने प्रक्षेपण गरेको थियो । तर, यसलाई पूर्णत: नजरअन्दाज गर्दै राष्ट्रपति ट्रम्पले त्यसको सम्भावनालाई ठाडै अस्विकार गरेका थिए।

कोरोना भाइरस संक्रमणको इपिसेन्टर भएसँगै अमेरिकामा नयाँ चुनौति थपिएका छन्। यो महामारीबाट कसरी छुट्कारा पाउँने हो ?, अमेरिकाका लागि अहिले यही मिलियन्स डलर प्रश्न भएको छ। 

अमेरिकाका १३ राज्य र १६ नगर लकडाउन गरिए पनि बाँकि त्यो अवस्थामा छैनन् , सिंगो अमेरिका पनि लक डाउनमा छैन। यही कहीँ लकडाउन गर्ने र कहीँ खुल्ला गर्ने निर्णयले पनि अमेरिकालाई कोरोना भाइरससँग पौठेजोरी खेल्न अप्ठ्यारो बनाएको छ।

अमेरिका कोरोना भाइरस संक्रमणको रोल नम्बर १ भएको छ। बुधबार मात्रै १३,९६७ नयाँ संक्रमित थपिएपछि ८२,१७८ संक्रमित संख्याका साथ अमेरिका विश्व रोल नम्बर १ भएको हो। मृतकको संख्यामा भने अमेरिका अझै रोल नम्बर ६ मै छ। यो समाचार तयार पारिरहेको बेला अमेरिकामा ११७७ को ज्यान गएको छ।

सारा अमेरिकी कोरोना भाइरसमाथि विजय चाहन्छन् तर सन्निकट राष्ट्रपति चुनाव र स्टेटका सिनेटरहरूको चुनावी राजनीतिले यो निर्णयमा पुग्न राष्ट्रपति चाहिरहेका छैनन्। उनलाई लकडाउन नगर्दा आफू चुनाव जितिने लागेको छ। त्यसैले उनी अमेरिका लकडाउन हैन, इस्टरबाट पुरै खुल्ला गर्ने बताइरहेका छन्। मंगलबार मात्र उनले ह्वाइट हाउसमा केही पत्रकारलाई फेक पत्रकार भन्दै औला ठड्याउँदै भने, ' तिमीहरू अमेरिका लक डाउन गरेर म हारेको देख्न चाहन्छौं तर म त्यसो हुन दिने छैन।'

यता अमेरिका कोरोना संक्रमणसँग जुधिरहेको बेला अमेरिकी जनता राष्ट्रपतको नीतिप्रति असन्तुष्टी देखाइरहेका छन्। तर, ग्यालपलगायतका केही अमेरिकी मत सर्भेक्षकले भने राष्ट्रपति ट्रम्प उनको कार्यकालमै सबैभन्दा लोकप्रिय रहेको मत सर्भेक्षण सार्वजनिक गरिरहेका छन्। यी सर्भेक्षणहरूबाट उनी थप उत्साहित भएर अमेरिका खुल्ला गर्ने दिशातिर अग्रसर देखिएका छन्।

यसले अमेरिकाको यथार्थ र राष्ट्रपति  ट्रम्पको चाहना विपरित दिशातिर गैरहेको देखाएको छ। यही दिशाले अमेरिकामा कोरोना संक्रमण समाधान हुनेभन्दा पनि थप जटिल हुने सम्भावनातिर धकेलिदै छ। 

प्रकाशित मिति: : 2020-03-27 16:00:10

प्रतिकृया दिनुहोस्