छोराछोरीलाई मेरो सम्पत्ति दिन्नँ: जेम्स बन्ड

जेम्स बन्ड सिरिजका हालका नायक ड्यानिएर क्य्राइगले आफ्नो सम्पत्ति छोराछोरीलाई नदिने बताएका छन्।

उनले पैतृक सम्पत्ति विकृतिपूर्ण हुने बताउँदै आफूले छोराछोरीलाई मरेपछि पनि सम्पत्ति नछाड्ने बताएका हुन्।

१ सय २५ मिलियन अमेरिकी डलरको सम्पत्तिका मालिक ड्यानिएलले सागा म्यागेजिनसँगको कुराकानीमा भने,‘पैतृक सम्पत्ति विकृतिपूर्ण छ। मिहिनेत बिनाको सम्पत्तिले मानिसलाई विगार्छ।’

५२ वर्षीया क्य्राइगका दुई सन्तान छन्। उनले आफ्ना सन्तानलाई सम्पत्ति दिनुको साटो मिहिनेत गर्न सिकाउने बताएका छन्। 

क्य्राइग जेम्स बन्ड सिरिजको अन्तिम चलचित्रमा देखिँदैछन्। अप्रिलमा रिलिज हुने भनिएको चलचित्र कोरोना भाइरसका कारण आगामी नोभेम्बरको लागि सारिएको छ। 

प्रकाशित मिति: : 2020-03-28 03:04:37

प्रतिकृया दिनुहोस्