बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरसको संक्रमण सकारात्मक देखिएको छ। 
उनी हाल ‘सेल्फ आइसोलेसन’ मा छन्। 

‘पछिल्लो २४ घण्टा सामान्य लक्षण देखिएपछि मैले कोरोना भाइरसको परीक्षण गराएको थिए, जसको नतिजा सकारात्मक आएको छ,’ जोन्सनले शुक्रबार आफ्नो ट्वीटरमार्फत जानकारी गराए। 

उनले आफू ‘आइसोलेसन’ मा रहेको तर सरकारी कामकाज भिडियो कन्फ्रेन्समार्फत चलाइरहेको जानकारी दिए। 
प्रधानमन्त्री निवास डाउलिङ स्ट्रिटका प्रवक्ताले यसको जानकारी दिँदै भने, ‘५५ वर्षीय जोन्सनमा बिहीबार केही लक्षण देखिएको थियो।’ 

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढीरहेको छ। हाल प्रत्येक १३ मिनेटमा १ बेलायतीको निधन भइरहेको छ। गत साता बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो। 


 

प्रकाशित मिति: : 2020-03-28 06:30:44

प्रतिकृया दिनुहोस्