कोरोना आशंका गरिएकाहरुकाे नमुना लिन गएको जहाज धावनमार्गमा 'क्रायसल्यान्ड'

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंबाट कोरोना भाइरसकाे आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज धावनमार्गमा क्रयासल्यान्ड भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चिनियाँ वाइ १२ ई जहाज नेपालगन्ज विमानस्थलमा रन वे बाहिर क्रयासल्यान्ड भएको हो।

विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको थियो।

नेपालगञ्ज विमानस्थलका अनुसार विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य सबै सुरक्षित छन्।

जहाज अवतरण हुनेबेला धावनमार्गबाट बाहिर जाली नजिकै पुगेको छ। चालक दलका सदस्य र चिकित्सकहरुलाई लिन नेपाल एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरेको छ।
 

प्रकाशित मिति: : 2020-03-29 01:43:59

प्रतिकृया दिनुहोस्