कोरोना महामारीविरुद्धको कोषलाई पंगेनीले दिए ५० हजार

लोकगायक बद्री पंगेनीले सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयाेग गरेका छन्।

गायक पंगेनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेका हुन्। मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोरोनाको महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा सहयाेग गरेको बताए।

‘यो बेला सरकारलाई साथ दिएर संक्रमण नियन्त्रणमा सघाउनु हरेक नागरिकको दायित्व हो’,उनले भन,‘सिंगो देशले भोगिरहेको संकटको बेला देशका ख्यातिप्राप्त कलाकारले आफूले सकेको सहयोग गर्नुपर्छ।’

उनले नकारात्मक कुरामा नलागी सरकारका आधिकारिक सूचना र निर्देशन पछ्याउन आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति: : 2020-03-30 03:37:06

प्रतिकृया दिनुहोस्