कहाँ पुग्यो कन्ट्याक ट्रेसिङ ? अहिले भन्न सकिन्न

अनलाइनखबर

काठमाडाै‌ं

 नौ सय १७ नमुना परीक्षण, ५ पोजेटिभ । जसमध्ये एक जना निको भएर घर फर्किए । ।

यो नेपालको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आइतबार साँझसम्मको आउटब्रेक तथ्यांक हो । तर, यो तथ्यांकसँग जनस्वास्थ्य विज्ञहरु सन्तुष्ट छैनन् ।

एकदमै थोरै परीक्षण भएकाले संक्रमण फैलिने डर बढेको उनीहरुको तर्क छ । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘करिब तीन महिनामा यति थोरै नमुना परीक्षण हुनु लाजमर्दो हो । यसले प्रष्ट पार्छ कि कोरोना नियन्त्रण गर्न सरकार गम्भीर भएर लागेको छैन ।’

जनस्वास्थ्य विज्ञहरुकाअनुसार अन्य देशको अभ्यास र संक्रमण फैलिएको देशबाट नेपाल छिरेका मानिसको सङ्ख्या तुलना गर्दा अहिलेसम्म नेपालमा २५ सयदेखि तीन हजारसम्म नमुना परीक्षण भइसक्नुपर्ने थियो । तर, नेपालमा परीक्षणको संख्या नबढाएकाले कोरोनाको सम्भावित जोखिम पूर्वानुमान गर्न सकिएको छैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक जनस्वास्थ्य विज्ञ नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, नेपालमा कोरोनाको भविष्य आगामी एक सातामा आउने परिणामले निर्धारण गर्छ ।’

उनकाअनुसार एक साताभित्रमा हुने कन्ट्याक ट्रेसिङ, नमुना परीक्षणको नतिजा र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको अवस्थाले नेपालमा कोरोनाको भविष्य बताउन सकिन्छ । उनी भन्छन्, ‘अबको एक हप्तामा धेरैभन्दा धेरै नमुना परीक्षण र त्यसअनुसार कन्ट्याक ट्रेसिङ नगरे भयावह अवस्था आउनसक्छ ।’

यद्यपि सरकारले काम नगरेको भने होइन । एकपछि अर्को मिटिङ भइरहेको छ, एकपछि अर्को निर्णय गरिरहेको छ । विभिन्न समिति बनाएर काम गरिरहेको सरकार र स्वास्थ्य मन्त्रालयले ‘परीक्षण पुगेको छैन’ भनेर गुनासो गरिरहेको जनस्वास्थ्य विज्ञहरुलाई ‘हामी गम्भीर भएर लागिरहेका छौंं’ पनि भनिरहेको छ । तर, काममा भने त्यो गम्भीरता देखिएको छैन ।

त्यसको पछिल्लो उदाहरण हो– सुस्त कन्ट्याक ट्रेसिङ ।

४ चैतमा फ्रान्सबाट दुबई हुँदै १९ वर्षीया किशोरी नेपाल आइन् । फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीलाई त्यहाँ पुगेको दोस्रो दिनमै कोरोना संक्रमण भएको पुष्टि भयो । त्यही खबरले ७ गते टेकु अस्पताल पुगेकी उनले आफूमा कोरोना संक्रमण भएको थाहा पाउन थप तीन दिन कुर्नुपर्‍यो ।

प्रकाशित मिति: : 2020-03-30 12:23:38

प्रतिकृया दिनुहोस्