यस्तो रह्यो तस्बिर र भिडियोमा लकडाउनको आठौं दिन

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको आठौं दिन सडक सुनसान देखिएको छ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। सुरक्षाकर्मीले सडकमा गुडेका प्रत्येक सवारीसाधनको चेकजाँचमा कडाइ गरेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले काठमाडौँबाट केहीलाई नियन्त्रणमा लिएको छ। 
नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ। बिनाकारण सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर भेटिएकै ठाउँमा चार घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो।

प्रकाशित मिति: : 2020-03-31 21:23:58

प्रतिकृया दिनुहोस्