सीएनएन होस्ट कुमोओलाई कोभिड-१९, क्वारेन्टाइनबाटै 'कुमोओ प्राइम टाइम'

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

सीएनएनका लोकप्रिय एंकर क्रिस कुओमोलाई कोरोना संक्रमण भएको छ। उनले मंगलबार विहान आफूलाई कोरोना पोजिटिव देखिएको सार्वजनिक रूपमा घोषणा गरे।  
तर, उनले आफ्नै घरबाट'कुमोओ प्राइम टाइम' कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे। 

अहिले उनी आफ्नै घरको बेसमेन्टमा आइसोलेसनमा छन्। उनले त्यहीबाट आफनो कार्यक्रम प्रस्तुत गर्नेछन्। 

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोको सहोदर भाइ हुन् क्रिस कुमोर गभर्नर कुमोले पनि आफ्नो भाइलाई कोरोना संक्रमण भएको पुष्टी गरे । उनले भने, 'कोरोनाले कसैलाई पनि छुट्याउँदैन। ऊ मेरो भाइ हो तर ऊ मेरो लागि न्युयोर्कका लाखौं न्युयोर्कर जस्तै एक संक्रमित हो।'

गभर्नर कुमोले अगाडि थपे, 'अहिले हामी दुबै कोरोनाविरूद्ध युद्धमा छोैं । मोर्चा मात्र फरक हो। हामी यो युद्ध जितेरै छोड्ने छौं ।'

क्रिस कुमोओ अमेरिकी टेलिभिजनकै एक उम्दा एंकर मानिन्छन्। युद्धमा होस् या शान्तिमा उनले गरेको टेलिभिजन पत्रकारिता धेरैका लागि अनुकरणीय छ। डेमोक्रेटबीच लोकप्रिय उनी रिपब्लिकनमाझ पनि चर्चित छन्। 

प्रकाशित मिति: : 2020-04-01 03:13:03

प्रतिकृया दिनुहोस्