कोरोनाकाे असर : प्रसुतिगृहको बहिरङ्ग सेवा बन्द हुँदा गर्भवती, सुत्केरीलाई सास्ती

‘लकडाउनको एक हप्ताको अवधिमा पनि प्रसुतिगृहमा दैनिक ६५ देखि ७० जना महिला सुत्केरी’

रातोपाटी

काठमाडौं

माया श्रेष्ठ

कोरोनाभाइरस (कोभिड १९) संक्रमणको मनोवैज्ञानिक त्रास प्रायः सबैमा छ । संक्रमित व्यक्तिसँगको सम्पर्कमा आएर संक्रमण हुन सक्ने सम्भावनाभन्दा पनि यतिबेला संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चालिएका केही प्रतिबन्धात्मक कदमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढाउन थालेको हो ।

यतिबेला सामान्य रोगको उपचारमा समेत प्रतिबन्धको अवस्था छ । अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा बन्द छन् । त्यसबाट नेपालकै सबैभन्दा ठूलो र जटील समस्याहरु आउँदा देशभरिबाटै  सिफारिश गरेर पठाइने थापाथलीस्थिति प्रसुति गृह भनेर चिनिने परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल पनि अछुतो छैन । परिणामस्वरुप प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा बहिरङ्ग सेवा बन्द छ । जसका कारण गर्भवती भएका अनि सुत्केरी हुने मिति नजिकिदैँ गरेका महिलाहरुमा मनोवैज्ञानिक त्रास बढी नै देखिन्छ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा बहिरङ्ग विभागमा सामान्यतया दैनिक दुई सयभन्दा बढी महिला सेवा लिन आउने गर्दथे । तर ‘लकडाउन’ र कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका प्रतिबन्धात्मक आदेशका कारण हाल बहिरङ्ग सेवामा आउने बिरामी प्रभावित भएका छन् ।

प्रकाशित मिति: : 2020-04-01 08:24:46

प्रतिकृया दिनुहोस्