विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य सेवा विभागले खरिद गरेकाे कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री विवादमा परेपछि सरकारले सम्झौता रद्ध गरेको छ। चीनबाट स्वास्थ्य सामाग्री ल्याउने ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको गरिएकाे हाे। 

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान दोस्रो खेप ल्याउन नसक्ने भएपछि सम्झौता रद्ध गरेकाे बताए। 

याेसँगै विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए।

प्रकाशित मिति: : 2020-04-01 16:47:07

प्रतिकृया दिनुहोस्