नारायणी अस्पतालमा तयार २० बेडकाे आइसोलेसन वार्ड संचालनमा

वीरगञ्जस्थित नारायणी अस्पतालमा २० बेडकाे आइसोलेसन वार्ड संचालनमा आएकाे छ। रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायन्स क्लबको सहयोगमाअलमुनियम र ग्लासबाट निर्मित वार्ड संचालनमा आएकाे हाे।

उक्त वार्ड सांसद प्रदिप यादवले शनिबार मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरेका छन्। आइसोलेशन वार्ड पुर्णरुपमा आजैबाट सन्चालनमा आएको सांसद यादवले बिएल नेपाली सेवालाई जानकारी दिए।

कोरोना भाइरसको हल्ला चल्न थालेपछि पीपीई लगायतका अन्य सुरक्षा र उपचारका सामाग्री नभएको भन्दै निजी अस्पतालले बिरामीलाई समेत भर्ना लिन मानिरहेकाे छैन। निजी अस्पतालले ज्वरोका बिरामी नलिने हुँदा नारायणीमा चाप बढेको छ। आकस्मिक कक्षमा दैनिक आउने १ सय बिरामी मध्ये १० जना ज्वरो कै बिरामी हुने गरेको अस्पतालले जनाएको छ।

संघीय सरकार र प्रदेश सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागि कुनै पनि ठोस प्रकारका सहयोग प्राप्त नभएको अवस्थामा यसले केही राहत पुगेको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए। 

 

प्रकाशित मिति: : 2020-04-04 18:33:31

प्रतिकृया दिनुहोस्