अमेरिकामा कोरोनाबाट एकैदिन मर्नेको संख्यामा नयाँ कीर्तिमान

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा कोरोना संक्रमित संख्याको ग्राफ त्यति उकालो नचढे पनि मृतक संख्याको ग्राफ भने ठाडै उकालो लागेको छ। पूर्वी समयअनुसार मंगलबार अपरान्ह ३ बजे यो समाचार लेखिरहेको बेलासम्म पछिल्लो २० घण्टामा १,५२९ अमेरिकीको निधन भैसकेको छ।

अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मृत्यु हुनेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो। अझै चार घण्टा बाँकि रहेकाले यो संख्या निक्कै माथि पुग्ने अनुमान गरिएको छ।

यो सँगै अमेरिकामा मृतकको संख्या बढेर १२,४०० पुगेको छ। यो संख्या इटाली र स्पेनपछिको तेस्रो संख्या हो। यही समयसम्म इटालीमा १७,१२७  र स्पेनमा १३,८९७  को मृत्ये भैसकेको छ। चौथो स्थानमा रहेर अमेरिकालाई पछ्याइरहेको फ्रान्समा १०,३२८को मृत्यु भएको छ। तर, फ्रान्समा आज मात्रै मृत्यु हुनेको संख्या भने १४१७ पुगेको छ। यो तथ्यांक भने अमेरिकाको भन्दा पनि बढी हो। मंगलबार इटालीमा ६०४ र स्पेनमा ५५६ को मृत्यु भएको छ। 

अमेरिकाको कोरोना इपिसेन्टर मानिएको न्युयोर्कमा मात्र मंगलबार ७३१ न्युयोर्कले ज्यान गुमाएका छन्। राज्यका गभर्नर एन्ड्रयु कुमोओले न्युयोर्कमा एकै दिन कोभिड-१९ बाट यति धेरै मानिस मरेको पहिलो पटक भएको बताए। 

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या अचाक्ली बढे पनि संक्रमितको संख्या भने तुलनात्मक रूपमा त्यति बढेको छैन। यो समाचार लेखिरहेको बेलासम्म मंगलबार  थप २१,७५३ अमेरिकी मात्रै कोरोना संक्रमित पाइएका छन्। यसअघि सोमबार यो संख्या ३०,३३१ र आइतबार २५३१६ थियो। अमेरिकामा कूल संक्रमितको संख्या भने ३८८,७५७ पुगेको छ।

अमेरिकाको कोरोना इपिसेन्टर मानिएको न्युयोर्कमा मात्र मंगलबार ७३१ न्युयोर्कले ज्यान गुमाएका छन्। राज्यका गभर्नर एन्ड्रयु कुमोओले न्युयोर्कमा एकै दिन कोभिड-१९ बाट यति धेरै मानिस मरेको पहिलो पटक भएको बताए। 

कोरोना भाइरसको तथ्यांकका लागि अहिले विभिन्न सूचना स्रोत रहेका छन् र हरेकका फरक फरक तथ्यांक छन्। हामीले भने वर्ल्डोमिटर्स  प्रयोग गर्ने गरेका छौं ।

 

प्रकाशित मिति: : 2020-04-08 00:52:49

प्रतिकृया दिनुहोस्