पाल्तु बिरालोलाई घरभित्रै क्वारेन्टाइनमा राख्न अपील

बिएल संवाददाता

काठमाडाै‌ं

भेटेरेनरी वैज्ञानिकहरुले घरपालुवा बिरालोलाई घर भित्रै राख्न आग्रह गरेका छन्। तर आफ्ना पाल्तु बिरालो वा कुकुरबाट संक्रमण फैलिन सक्ने जोखिम भने नरहेको भन्दै चिन्ता नलिन वैज्ञानिकले आग्रह गरेका छन्।

अहिलेसम्म विश्वमा एउटा पनि त्यस्तो केस छैन कि जसमा घरपालुवा बिरालो वा कुकुरबाट मानिसमा कोरोनाको संक्रमण भएको होस्। तर  बिरालोमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उनीहरुले संक्रमणबाट जोगाउनका लागि आफ्ना पाल्तुलाई घरभित्रै क्वारेन्टाइनमा राख्न अपिल गरेका हुन्।

संक्रमित बिरालोबाट अर्को बिरालोमा भाइरसको संक्रमण फैलिन सक्ने भने अनुसन्धानबाट देखिएको वैज्ञानिकको भनाई छ। यस्तै संक्रमित व्यक्तिबाट बिरालोमा संक्रमण फैलिन सक्ने जोखिम पनि रहन्छ।

संक्रमण फैलिन नदिनका लागि पाल्तु बिरालो तथा कुकुरलाई घर भित्रै राख्ने र उनीहरुलाई छुँदा हात सफा गर्नु पर्ने वैज्ञानिकको सुझाव छ।

प्रकाशित मिति: : 2020-04-08 13:24:42

प्रतिकृया दिनुहोस्