ग्रामी अवार्ड विजेता गायक प्राइनको निधन

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी लोक विधाका गायक जोन प्राइनको निधन भएको छ। ग्रामी अवार्ड विजेता गायक प्राइनको ७३ वर्षको उमेरमा मंगलबार निधन भएको हो। 

कोरोना भाइरसको लक्षण देखिएपछि मार्च महिनाको अन्ततिर उनलाई अस्पताल भर्ना गरिएको थियो।

सन् १९७० को दशकमा अमेरिकी लोक विधाको गायनमा आउनुअघि प्राइनले केही वर्ष हुलाकीको रुपमा काम गरेका थिए।

उनको सङ्गीतमा भियतनाम युद्ध र स्वर्गलाई मध्यनजर गरेर लेखिएको गीत साम स्टोन पनि सामेल छ, जसमा ठूला खानी र निगमको माध्यमबाट अमेरिकाको छोटो शहरको पतनको बारेमा बताइएको छ।

प्रकाशित मिति: : 2020-04-08 14:54:04

प्रतिकृया दिनुहोस्