जिल्ला सहकारी संघ मोरङद्वारा ‘प्रदेश जनसुरक्षा कोष’मा आर्थिक सहयोग

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जिल्ला सहकारी संघ मोरङले सहयोग गरेको छ।

प्रदेश १ सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा सहकारीले  मुख्यमन्त्री शेरधन राईलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको हो। सदस्यहरूबाट रकम संकलन गरी उक्त रकम हस्तान्तरण गरेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बताए । 

‘यस्तो महामारी नियन्त्रणका लागि प्रदेश सरकारलाई जहिले पनि सहयोग र साथ छ,’उनले भने,‘ हरेक दुःख कष्टमा हाम्रो संस्था सधैं सहयोग गर्न तयार छ।’

प्रदेश जनसुरक्षा कोषमा जम्मा गर्नका लागि जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार, रारा बचत सहकारीले १ लाख १ हजार, बरगाछी बहुउद्देश्यीय सहकारीले ५१ हजार, तुलसी बहुउद्देश्यीय सहकारीले ५० हजार, मेगा बचत तथा ऋण सहकारीले २५ हजार १ सय ११, न्यू लाइफबचत तथा ऋण सहकारीले २५ हजार त्यसैगरी सद्भाव  बचत तथा ऋण सहकारी संस्था , सुगम बचत तथा ऋण सहकारी संस्था, महर्षीमही कृषि सहकारी संस्था,  ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायत गरि  ४१ वटा सहकारीले संघमार्फत सहयोग गरेका हुन्।
 

प्रकाशित मिति: : 2020-04-08 22:36:40

प्रतिकृया दिनुहोस्