लन्डनमा थप दुई नेपालीकाे निधन, मर्नेकाे संख्या ४ पुग्याे

बेलायतकाे लण्डनमा कोरोना भाइरसकाे संक्रमणका कारण दुई नेपालीले ज्यान गुमाएका छन्। निधन हुनेमा पर्वत घरभई लण्डन अल्पर्टनमा बस्दै आइरहेका तमुधिँ लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतबहादुर गुरुङ र काठमाडौँ घर भई नटिङ्घम बस्दै आइरहेका शिव श्रेष्ठ छन्।

५९ वर्षीय चेतबहादुर गत सातादेखि नियमित ज्वरो आउने, घाँटी दुख्ने समस्या बढ्दै गएपछि अस्पताल भर्ना भएकाे थिए। उनलाई श्वास फेर्न गाह्रो परिरहेकेा थियाे। भेन्टिलेटरमा राखेर उपचार गरिरहेका चेतबहादुरकाे मंगलबार बेलुकी निधन भएको थियाे।

यस्तै ५८ वर्षीय शिव भने सेनाबाट अवकाश पाएपछि सेक्युरिटीको जागिर गर्दै आइरहेका थिए। ज्वरो नघटेपछि उनलाई पनि मंगलबार अस्पताल भर्ना गरिएकाे थियाे। तर बुधबार नै उनकाे निधन भयाे। उनकाे पुरानाे घर साेलुखुम्बु हाे। पछिल्लाे समय उनी काठमाडाैं बस्दै आइरहेका थिए।

बेलायतमा यसअघि पनि दुई नेपालीले काेराेना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। दुई साताअघि ६६ वर्षीय तुलबहादुर राईकाे निधन भएकाे थियाे। उनी पनि पूर्व गाेर्खा सैनिक थिए। गत साता ४० वर्षीय प्रशान्त अर्यालकाे पनि काेराेना संक्रमणकै कारण निधन भएकाे थियाे। हाल बेलायतमा ४ नेपालीले काेराेनाका कारण ज्यान गुमाइसकेका छन्।

लण्डनमा थप दुई नेपालीको अवस्था गम्भीर रहेको अस्पतालमा कार्यरत नेपाली डाक्टरले बताएका छन्। तर,उनीहरुकाे पहिचान खुलाइएकाे छैन।

प्रकाशित मिति: : 2020-04-09 07:11:26

प्रतिकृया दिनुहोस्