भारतमा कोरोना संक्रमित १४ महिने शिशुको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली, हिन्दी ब्यूराे

भारतको गुजरात राज्यमा कान्छो कोरोना भाइरस संक्रमित शिशुको मृत्यु भएको छ। जामनगरको जी.जी अस्पतालमा भर्ना गरिए १४ महिने शिशुको मंगलबार मृत्यु भएको हो। 

सोमबार शिशुको कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई जी.जी अस्पतालमा भर्ना गरिएको थियो। तर मंगलबार बेलुका साँझ शिशुलाई मृत घोषण गरियो। 

शिशुको मृत्युपछि उनकाे आमाबुबालाई शव हस्तान्तरण गरिएको थिएन, केवल उनको अनुहार टाढाबाट देखाइएको थियो। यद्यपी बालबालिकाका अभिभावकहरुले आफ्नो परम्पराबाट शिशुको मृत शरीर गाड्न पाउनुपर्ने माग गरेका थिए। पुलिसको उच्च सुरक्षकासँगै बालकको शव गाडिएको थियो।

भारतमा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १७८ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै २८ जनाको ज्याए गएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ। बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १५० पुगेको थियो।

अहिलेसम्म भारतमा ५ हजार ९१६ जना कोरोना संक्रमित भएका छन्। जसमा ६०५ जना भने बुधबार मात्रै संक्रमित भएका हुन्। बुधबार बिहानसम्म कुल संक्रमितको संख्या ५ हजार ३११ थियो

भारतमा कुल संक्रमितमध्ये ५०६ जना उपचारपछि निको भएका छन्। बाँकी ५ हजार २३२ जना उपचाररत रहेका छन्।

प्रकाशित मिति: : 2020-04-09 09:30:36

प्रतिकृया दिनुहोस्