कोरोना स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार, २४ घण्टामै ७२ सयकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ। बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या (यो समाचार तयार पार्दासम्म) ९५ हजार ७ सय १४ पुगेको छ।

संक्रमितको संख्याका हिसाबले सबैभन्दा धेरै प्रभावित अमेरिकामा बितेको २४ घण्टामा १८ सय ७२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४ लाख ६८ हजार २ सय ८६ पुगेको अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार ६ सय ६३ पुगेको छ।

सबैभन्दा धेरै प्रभावित इटाली बनेको छ। त्यहाँ १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ ६ सय १० जनाको मृत्यु भएको छ।

स्पेनमा १५ हजार ४ सय ४७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने त्यहाँ संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ। यस्तै फ्रान्समा १२ हजार २ सय १० र बेलायतमा ७ हजार ९ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

विश्वभर बितेको २४ घण्टामा ८४ हजार ४ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन्। संक्रमित १६ लाख २ हजार ६ सय १९ जना मध्ये ३ लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् भने ४९ हजार १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: : 2020-04-10 07:10:46

प्रतिकृया दिनुहोस्