रेगिस्तानमा कोरोनाले ल्याएको अभूतपूर्व संकट

नेपालन्यूज

काठमाडौँ
अश्विनी कविर

भारतमा कोरोना भाइरसका कारण आममानिस समस्यामा छन्। आधिकारिक तथ्यांक अनुसार संक्रमणको चपेटामा ६ हजारभन्दा बढी मानिस परिसकेका छन्, जसमध्ये २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संक्रमणको चपेटामा लाखौं बेजुबानहरु पनि परेका छन्। कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सबैभन्दा नराम्रो असर राजस्थान र गुजरातका लाखौं पशु र पशुपालनमा संलग्न समुदायमा देखिन सुरु भएको छ। तर, अहिले यो चर्चाभन्दा बाहिर छ।

राजस्थानको मारवांड तथा गुजरातका कच्चा क्षेत्रमा उँट र भेडाबाख्राको पालन ठूलो संख्यामा हुन्छ। मारवांड क्षेत्रमा मात्रै दुई लाख उँट, ९० लाखभन्दा बढी भेडाबाख्रा र ६० हजारभन्दा बढी गधाहरु छन्। गुजरात क्षेत्रमा पालिएका उँट निकै चर्चित छन्।

प्रकाशित मिति: : 2020-04-10 20:14:34

प्रतिकृया दिनुहोस्