के म भाइरस ओसारपसार गर्ने ट्रान्सपोर्ट हुँ?– अध्यक्ष मियाँ

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले आफू कोरोना भाइसर ओसार पसार गर्ने ट्रान्सपोर्ट नभएको भन्दै स्पष्ट पारेका छन्।

भारत र नेपाल भित्र कोरोना भाइरस फैलाउने षड्यन्त्र गरिरहेको भन्ने विभिन्न संचारमाध्यममा आएका समाचारप्रति जवाफ दिँदै मियाँले भने, ‘के म भाइरस ओसारपसार गर्ने ट्रान्सपोर्ट हो?’

गाउँपालिका प्रमुख रहेको व्यक्तिमाथि बिना प्रमाण समाचार संकलन गरी भारतीयसहित केही नेपाली मिडियाले आफ्नो चरित्रहत्या गरेको भन्दै मियाँले प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्।

सोमबार बिएल नेपाली सेवासँग विषेश कुरा गर्दै उनले भने, ‘कहिले सामाजिक सञ्जालमा जालीम मियाँले नेपालबाट भारततर्फ भाइरस पठाएको समाचार सेयर हुन्छ, अहिले रक्सौलबाट कारोना संक्रमित नेपाल भित्र्याएको समाचार सेयर हुन्छ, के ट्रान्सपोर्ट हो जालिम मियाँ?’, उनले भने ‘भारत सरकारले समेत सार्वजनिक भएका समाचार निराधार भएको स्पष्ट पारिसकेको स्मरण गराउँछु।’

वीरगञ्जकाे छपकैयास्थित एक मस्जिदमा ३ जना कोरोना संक्रमित भारतीय नागरिक भेटिएपछि तिनीहरुलाई नेपाल भित्र्याउने काम जालिम मियाँले नै गरेको भनेर केही संचारमाध्यमबाट आइरहेका छन्।

सोमबार भारतीय सञ्चारमाध्यमले जालीम मियाँ प्रहरीको नियन्त्रणमा रहेको भन्ने सम्मको समाचार प्रसारण गरेका थिए।

यस विषयमा मियाँसँग कुरा गर्दा उनले छपकैयाको मस्जिदमा आएका जमाति सप्तरी हुँदै वीरगञ्ज आएको भए पनि आफूसँग उनीहरूको कुनै सरोकार नरहेको स्पष्ट पारे।

यस सम्बन्धमा पर्सा प्रहरी प्रशासनले छानबिन थालिसकेको भन्दै उनले बिना प्रमाणको समाचारका पछि नलाग्न आम जनतालाई अनुरोधसमेत गरेका छन्।

आफ्नो सम्पर्कमा आएका १५ जना जमातिलाई आफैंले पर्साका सिडिओ र एसपीलाई भनेर वीरगन्जको सिद्धार्थ स्कुलको क्वारेन्टाईनमा राख्न लगाएको भन्दै उनले अगाडि भने, ‘ती सबै जमाति अहिले क्वारेन्टाईनबाट कोरोना परीक्षण गराई निको भएर प्रहरीको निगरानीमा आ–आफ्नो जिल्लामा पुगिसकेका छन्।’

गाउँपालिका प्रमुख मियाँ अहिले वीरगन्जस्थित पावरहाउस चोक ननिकै रहेको निवासमा बस्दैछन्।

वीरगञ्जमा आइतबार ३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि उनको निवास लगायत पुरै वीरगन्जको सुरक्षा व्यवस्था अन्य दिनभन्दा कडा बनाइएको पर्सा प्रहरीले जनाएको छ। यस्तो अवस्थामा उनी प्रहरी हिरासतमा रहेको भन्दै खबर अफवाह मात्र रहेको प्रमाणित हुन्छ।

याे पनि

दिल्लीमा सम्पन्न ईस्लामी जमातमा सहभागी भएका ११ जना पटेर्वा सुगौलीबाट पक्राउ

बाराकाे दशगजा क्षेत्रबाट ९ मुस्लिम जमाती नियन्त्रणमा

वीरगञ्ज पुगेका ३५२ नेपाली र भारतीय अलपत्र, शौचालय प्रयोगमा समेत बञ्चित

भारतबाट आएका १८ अगुवा तथा धर्मगुरु क्वारेन्टाइनमा

भारतीय मिडियालाई जालिम मियाँको जवाफ

भारतीय मिडियालाई अन्सारीको व्यङ्ग्य– ‘कुनै दिन कोरोना नै मैले बनाएको भन्न बेर छैन’ (भिडियाे)

भारतीय मिडियाले आफ्नो कुरा नसच्चाए अदालत जान्छुः जालिम मियाँ अन्सारी (भिडियाेसहित)

प्रकाशित मिति: : 2020-04-13 17:25:12

प्रतिकृया दिनुहोस्