स–परिवार स्वाब परिक्षण गराउदै अध्यक्ष मियाँ, भन्छन् – कसैले दबाब दिएको छैन

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित उनको परिवारको स्वाब लिइएको छ। मियासहित उनका घर परिवारको स्वाब परिक्षणका लागि हेटौडा पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। 

अध्यक्ष मियाले आफैँले स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मीलाई बोलाएपछि चिकित्सकको टोली वीरगञ्जस्थित घरमा पुगेको थियो। 

‘पुरै परिवारको स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मीलाई आफैँले बोलाएको हुँ। आम नागरिक जस्तै स्वइच्छाले परिक्षण गराएको हुँ, कसैको दबाब होइन,‘उनले बिएल नेपाली सेवासँग भने।

उनले आफू जिम्मेवार जनप्रतिनिधि भएकाले अरुलाई जोखीम नहोस् भनेर स्वाब परिक्षण गराउन लागेको बताए।

यता सोमबार भारतीय मिडियाहरुले उनी पक्राउ गरेको भन्दै समाचार सार्वजनिक गरेका छन्। 

अहिले मियाँमाथि भारतीय सुरक्षा थ्रेट बढेको भन्दै स्थानिय प्रशासनले उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यलयले सादा पोशाकमा सुरक्षाकर्मी खटाएको छ। 

‘मेरो सुरक्षका लागि प्रहरी खटाउनु भएको रहेछ, अध्यक्ष मियाँले भने,’ तर मलाई सुरक्षा देऊ भनेर म प्रशासनसँग भन्न गएको छैन।’
 

प्रकाशित मिति: : 2020-04-13 20:00:33

प्रतिकृया दिनुहोस्