लकडाउनमा पढाइ- कसरी लिने अनलाइन कक्षा?

नेपालन्यूज

काठमाडौँ

प्रकाश उप्रेती

२१ औँ शताब्दीमा सूचना-प्रविधिले ठूलै फड्को मारेको छ। एमएस-डसको कालो स्क्रिनमा कमाण्ड लेख्नेदेखि लिनक्सका अप्ठेरो कोडसम्म, ६४० केबीबाट आज आएर ८ जिबीसम्म पुगेपछि कम्प्युटर तथा यसको प्रयोगको क्षेत्र विस्तार हुँदै गएको छ। अहिले आवश्यकताअनुसार कस्टमाइज गरेर ब्रान्डेड वा एसेम्बल्ड सिस्टम किन्न पनि पाइन्छ, साथै नयाँ ल्यापटप किन्दासमेत र्यााम थपेर अनि हार्डडिस्क ड्राइभको सट्टा सोलिड स्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ।

प्रविधिसँग जोडिएका सबै कुरा परिष्कृत हुँदै आएको छ- भर्सनको अपडेट, नयाँ सफ्टवेयर, मोबाइलका अपरेटिङ सिस्टम अनि हिजोको महँगो मूल्य पर्ने ल्यापटप, कम्प्युटर, र्यारम, हार्डडिस्क आदि आजभोलि सस्तोमा र ठूलो परिमाणमा खरीद-बिक्री हुन थालेको छ।

प्रकाशित मिति: : 2020-04-14 08:32:39

प्रतिकृया दिनुहोस्