सनसिटीमा कोरोना देखिएका ३ मध्ये दुईमा पुष्टि, ‌संक्रमितकाे संख्या १६ पुग्याे

काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने तीन नेपालीमध्ये २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। 

र्‍यापिड टेस्टमा तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो। सोमबार पाटन अस्पतालको आइसोलेसनमा लगेर राखिएको तीन जनामध्ये दुईमा पुष्टी भएको टेकु अस्पतालको विशेष स्राेतले बिएल नेपाली सेवालाई जानकारी दिएको छ। 

अर्का एकजनाको भने रिपोर्ट आउने प्रकृयामा रहेको स्रोतले बताएको छ।

चैत ५ गते बेलायतबाट नेपाल फर्किएका यी नेपाली सनसिटीको ‘ए’ ब्लकको १५०१ नम्बर फ्लाटमा बसोबास गर्थे। 

प्रहरीले सोमबार ने सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर जान दिएको छैन।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। सोमबार मात्रै कैलाली र रौटहटमा एक/एक जनामा कोरोना संक्रमण फेला परेको थियो।

१६ मध्य एकजना निको भएर घर फर्किसकेका छन भने सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-04-14 10:56:47

प्रतिकृया दिनुहोस्