दिल्लीबाट फर्केका दुई जमातीमा र्‍यापिड टेस्ट पोजेटिभ, धरानमा थप परीक्षण गरिँदै

प्रदेश २ को सप्तरी जिल्लामा दुई जना कोरोना भाइरसका संक्रमित फेला परेका छन्। 

भारतको दिल्लीको निजामुद्दिनस्थित तबलिगी जमातमा सहभागी भएर आएकामध्ये दुई जनाको र्‍यापिड टेस्टमा पोजिटिभ रिपोर्ट आएको हो।

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना छन्।

आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजितकुमार झाले जानकारी दिए। त्यस्तै ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

पीसीआर विधिबाट टेस्टका बुधबार स्वाव धरान पठाइने डा. झाले बताए। प्रदेश २ मा अहिलेसम्म तीन भारतीय नागरिकसहित चार जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2020-04-15 06:14:49

प्रतिकृया दिनुहोस्