बुन्डेस लिगा बन्द रंगाशालामा शुरु हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन बुन्डेस लिगा फुटबलको बाँकी खेलहरु बन्द रंगशालामा खेलाइने भएको छ ।

कोरोना भाइरसको कारण जर्मनीमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

कोरोनाको कारण स्थगित लिग आगामी मे महिनाबाट सुचारु हुने भएको छ।

जर्मन चान्सलर आंगेला मर्केलले लकडाउन अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छिन्। यसका लागि सामाजिक दूरीसहितका नियमहरु भने कम्तिमा आउँदो मे ३ सम्म कायम रहने छ।

आउँदो मे ४ देखि विद्यालय पनि सञ्चालनमा आउने जनाइएको छ।  

चान्सलर आंगेलाले पसल तथा सार्वजनिक स्थल वा सार्वजनिक बस चढ्दा मास्क अनिवार्य रुपमा लगाउन पुनः आग्रह गरेकी छन् आउँदो हप्तादेखि केही पसलहरु खुला हुने छन्।

धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रमहरु आउँदो अगस्ट ३१ सम्म बन्द रहने छन्। यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा सांगीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुने छन्।

यस सिजन बुन्डेस लिगामा वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ । साविक विजेता वायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा ४ अंकले अघि रहेको छ ।

जर्मनीको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३२ सय ५४ जनाको निधन भएको छ।

 

प्रकाशित मिति: : 2020-04-16 08:57:56

प्रतिकृया दिनुहोस्