अठार देशमा १९६ नेपालीलाई कोरोना सङ्‍क्रमण : १३ जनाको मृत्यु, १६३ उपचाररत

नेपालन्यूज

काठमाडौं

नेपालबाहेक विश्वका १८ देशमा रहेका १ सय ९६ नेपालीमा कोरोना भाइरस (कोभिड-१९) सङ्‍क्रमण रहेको पुष्टि भएको छ। नेपालमा हालसम्म भेटिएका १६ जना सङ्‍क्रमितसमेत जोड्ने हो भने कोरोना भाइरस सङ्‍क्रमित कूल नेपालीको सङ्ख्या २ सय १२ पुगेको छ।

अठार देशमा रहेका सङ्‍क्रमित नेपालीमध्ये १३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरूमा सबै अमेरिका र बेलायतमा रहेका नेपाली छन्। हालसम्म विभिन्न देशमा कोरोनाको सङ्‍क्रमण भएका २० जना नेपाली उपचारपछि निको भइसकेका छन्।

अहिले विश्वका ५ देशमा ६५ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। यो तथ्याङ्‍कमा भारतमा क्वारेन्टाइनमा राखिएका नेपालीलाई जोडिएको छैन।

प्रकाशित मिति: : 2020-04-16 22:45:49

प्रतिकृया दिनुहोस्